Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

एक हप्तामा सुनको भाउ १५ सयले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

एक हप्तामा सुनको भाउ १५ सयले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

काठमाडौं, ७ जेठ । पछिल्लो एक हप्तामा सुनको भाउ प्रतितोला १५ सय रुपैयाँले घटेको छ । गत बैशाख ३१ गते प्रतितोला ६१ हजार रुपैयाँमा कारोबार भएको सुन जेठ ७ गते (आज) प्रतितोला ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो मूल्य बैशाख ३१ गतेको तुलनामा १५ सय रुपैयाँले कमी हो ।

त्यस्तै जेठ महिनामा सुनको भाउमा लगातार गिरावट आएको छ । जेठ महिनाको पहिलो दिन सुनको भाउ प्रतितोला ६० हजार ६ सय रुपैयाँ थियो । जेठ २ गते १ सय रुपैयाँ बढेर ६० हजार ७ सय रुपैयाँमा सुनको कारोबार भएको भएपनि त्यस यता लगातार सुनको भाउमा गिरावट देखिएको छ । जेठ ३ गते प्रतितोला ५ सय रुपैयाँ घटेर ६० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो भने ५ गते प्रतितोला २ सय रुपैयाँ घटेर ६० हजार रुपैयाँमा कारोबार भएको थियो । हिजो र आज भने सुनको मूल्य सामानान्तर रहेको छ ।

त्यसैगरी चाँदिको मूल्यमा पनि एक हप्तामा प्रतितोला २० रुपैयाँले गिरावट आएको छ । बैशाखको अन्तिम दिन प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी प्रतितोला २० रुपैयाँ घटेर ७ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x