Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

पर्यटन व्यवसायी श्रेष्ठ माथि आक्रमण, पिडकलाई कारबाहीको माग

पर्यटन व्यवसायी श्रेष्ठ माथि आक्रमण, पिडकलाई कारबाहीको माग

काठमाडौं, ११ जेठ । पर्यटन व्यवसायी तथा गोकर्ण हाउस रेष्टुरेन्टका सञ्चालक दिपक श्रेष्ठले आफुमाथि सांघातिक आक्रमण गर्ने माथि कारबाही नभएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । आक्रमण गर्ने व्यक्तिको किटानी जाहेरी दिदा पनि प्रहरी प्रशासनले अभियुक्तहरु पक्राउ नपरेको भन्दै उनले सरकारको ध्यनाकर्षण गराएका हुन ।

गत बैशाख २५ गते मंगलबार बिहान ८ बजे संधियार हरिबहादुर श्रेष्ठले सिमाना मिचेर घरको ढलान गर्ने तयारी गर्दै थिए । सिमाना मिचिएकोबारे दिपकले पटकपटक सम्झाएका पनि उनका पिता रामबहादुर श्रेष्ठले पेलेर जाने निति लिएपछि पिडित दिपक वडा कार्यलयमा वडा सदस्य शम्भु बिष्ट कहाँ समस्या राख्न पुगे । वडा सदस्य शम्भुले जनप्रतिनिधीको हिसाबले मिलाउनुको साटो उल्टो हरिबहादुरको पक्षमा बोल्दै गालिगलौच गरेको उनले बताए । त्यसपछि वडा सदस्य सहित तीन जनाले आmत्रमण गरेको उनले बताए ।

कुटपिटबाट घाइते उनी उपचाररत छन । आफुमाथि त्रिपक्षीय आक्रमण भएकाले न्यायको माग गर्दै प्रहरी परिसर बौद्धमा दिपकले तिनैजना बिरुद्ध कर्तव्य ज्यान मुद्धामा किटानी जाहेरी दिएका छन । तर घटना भएको १६ दिन बितिसक्दा पनि पिडकहरुलाई कारबाही नगरि आफुलाई अन्यायमा पारिएको भन्दै दिपकले उनले दुखेसो पोखे । प्रहरीले चाँडोभन्दा चाँडो अभियुक्तहरुलाई कठघरामा उभ्याएर आफुलाई न्याय दिलाईदिन उनले आग्रह गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x