पाँच वर्षभित्र नेपालले सिमापार उर्जा व्यापार गर्ने उर्जामन्त्री पुनको भनाई
काठमाडौ,११ काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले पाँच वर्षभित्र नेपालले सिमापार उर्जा व्यापार गर्ने बताएका छन् । अमेरिकाको न्यूयोर्कमा राष्ट्रसंघीय फोरमलाई सम्बोधन गर्दै मन्त्री पुनले नेपालले आगामी पाँच वर्षभित्र सिमापार व्यापारका लागि पाँच हजार मेगावाट विद्युत उत्पादन गर्ने बताएका हुन । आन्तरिक खपतका लागि १० हजार मेगावाट र सिमापार उर्जा व्यापार गर्ने पाँच हजार मेगावाट विद्युत उत्पादनको काम भइरहेको उनले जानकारी दिए ।
पुनले उर्जा सहकार्य सम्बन्धी सार्क फ्रेमवर्क र बिमस्टेक ग्रिड इन्टरकनेक्सन अन्तर्गत नेपालले क्षेत्रीय र उपक्षेत्रीय उर्जा इन्टरकनेक्सन गर्न खोजिरहेका पनि बताए । उर्जाको स्रोतको उपयोग गर्दै दिगो विकास लक्ष्य पुरा गर्नका लागि नेपाल प्रतिबद्ध रहेको उनको भनाई छ । नेपालको प्राथमिकता जलविद्युत उत्पादन र आपुर्तिमा केन्द्रित रहेको उनको भनाई छ ।