Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

युनुस अन्सारी पुन: जाली नोट तस्करीको धन्दामा

युनुस अन्सारी पुन: जाली नोट तस्करीको धन्दामा

काठमाडौं, ११ जेठ । लामो समय जेल बसेपछि धरौटीमा रिहा भएको दुई वर्षमै नपुग्दै युनुस अन्सारी जाली नोट तस्करी धन्दा गरेको अभियोगमा शुक्रबार प्रहरीको फन्दामा परे। यस अघि पनि जाली नोट र लागुऔषधमा पटक पटक जेल परिसेका अन्सारी ७ करोड नक्कली भारतीय नोट सहित त्रिभुवन विमान स्थलबाट प्रकाउ परेका हनु ।  पछिल्लो पटक २०७४ फागुन २ गते धरौटीमा रिहा भएका अन्सारीले त्यसयता सानो परिमाणमा जाली नोट तस्करी गर्दै आएका भए पनि शुक्रबार भने उनी ७ करोड ६७ लाख ९४ हजार मूल्यबराबरको जाली नोट लिन विमानस्थल पुग्दा गाडीसहित पक्राउ परेका हुन ।

 जेलभित्र नै रहेको बेला २०६७ साल फागुनमा सुन्धारास्थित केन्द्रीय कारागारभित्रै युनुसमाथी गोली प्रहार भएको थियो ।  कतार एयरलाइन्सको विमान चढेर दोहाबाट काठमाडौँ आएका तीन जना पाकिस्तानी युनुसला२  नक्कली नोटसहित पक्राउ गरिएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले बताए। पक्राउ पर्नेमा  कतारबाट आएका नासिर उद्धिन, नादिया अनवर, मोहमद अख्तर रहेका छन् भने आएको  नोट लिन विमानस्थल पुग्ने नेपाली नागरिक युनुस अन्सारी र उनका साला  सुयल खान र चालक रहेका छन्। नेपालमा भारतीय २ हजारका नोट प्रयोगमा प्रतिबन्ध लगाइएको छ। २०६६ माघ १६ गते युनुस पहिलो पटक भारतीय नक्कली नोटसहित पक्राउ परेका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x