Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

नेपाल बंगलादेश बैंकको २० लाख युनिट ऋणपत्र निष्कासन

नेपाल बंगलादेश बैंकको २० लाख युनिट ऋणपत्र निष्कासन

काठमाडौं, १० जेठ । नेपाल बंगलादेश बैंकले आज देखि २० लाख युनिट (इकाई) ऋणपत्र निष्कासन गरेको छ । निष्कासित ऋणपत्र २ अर्बको २० लाख कित्ता मध्ये ६० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको ऋणपत्र व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात ८० करोड बराबको ८ लाख युनिट ऋणपत्र सर्वसाधारणका लागि छुट्याइएको छ ।

ऋणपत्र न्युनतम एक हजार अंकित दरमा २५ कित्ता देखि अधिकतम एक लाख कित्तासम्म आबेदन गर्न सकिने व्यवस्था छ। ऋणपत्र छिटोमा जेठ १४ गते बन्द हुनेछ भने आवश्यक आवेदन नपरे असार ८ गतेसम्म खुला हुनेछ । दश वर्ष अवधिको उक्त ऋणपत्रमा लगानी गर्ने लगानीकर्ताले वार्षिक १०.२५ प्रतिशत ब्याजदर प्राप्त गर्नेछन्। लगानी गर्न इच्छुकले मेरो सयर तथा धितोपत्र बोर्डबाट आश्वा सदस्यता लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको शाखा कार्यालय मार्फत आवेदन गर्न सक्नेछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x