Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

बाणिज्य बैंकहरुले १० प्रतिशत भन्दा बढी कल डिपोजिट लिन नपाउने

बाणिज्य बैंकहरुले १० प्रतिशत भन्दा बढी कल डिपोजिट लिन नपाउने

काठमाडौं, १० जेठ । बाणिज्य बैंकहरुले आफ्नो निक्षेपको १० प्रतिशतभन्दा बढी कल डिपोजिट लिन नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै कल बाणिज्य बैंकहरुमा १० प्रतिशतको सिमा निर्धारण गरेको हो ।

बैंकमा कल डिपोजिट बढी हुँदा प्रणालीगत जोखिम बढ्ने देखिएकोले सिमा निर्धारण गरिएको जनाइएको छ। नयाँ व्यवस्था अनुसार बाणिज्य बैंकहरुले कुल निक्षेपको १० प्रतिशतसम्म कल डिपोजिट लिन पाउने छन् । यस्तै विकास बैंक र फाइनान्स कम्पनीहरुले १५ प्रतिशतसम्म मात्रै कल डिपोजिट लिन पाउने छन् ।

तोकिएभन्दा बढी कल डिपोजिट हुने बैंक तथा वित्तीय संस्थाहरुले आउँदो असार मसान्तसम्ममा सिमा भित्र ल्याइसक्नुपर्ने छ । अहिले बाणिज्य बैंकहरुमा कल डिपोजिटको अंक ११ प्रतिशतको हाराहारीमा छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x