राष्ट्रिय वाणिज्य बैंकको शाखा सुनसरीको पानवारीमा
काठमाडौं, १२ जेठ । राष्ट्रिय वाणिज्य बैंकले सुनसरीको पानवारीमा गत बैशाख ३० गतेबाट सञ्चालनमा आएको शाखाको औपचारिक उद्घाटन गरेको छ । उक्त शाखा कार्यालयको उद्घाटन प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गरेका हुन् ।
उद्घाटन समारोहमा मुख्यमन्त्री राईले प्रदेश नम्बर १ का दूरदराजमा उक्त बैंकले शाखा विस्तार गरेर जनतालाई बैंकिङ्ग सेवा दिन आवश्यक रहेकोले त्यस तर्फ बैंकको ध्यान जानुपर्ने सुझाव दिए ।
बैंकले हाल २ सय १९ वटा शाखा कार्यालय, २३ वटा एक्सटेन्सन काउन्टर, १ सय ७२ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग मार्फत सेवा दिँदै आएको छ ।