आर्थिक सर्वेक्षण संसदमा पेश, अर्थमन्त्री भन्छन् गरिबि घट्यो , ७ प्रतिशत आर्थिक बृद्धि रहने
काठमाडौं,१३ जेठ । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले आर्थिक बर्ष २०७५ । ०७६ को आर्थिक सर्वेक्षण संसदमा पेश गरेका छन् । प्रतिनिधि सभाको आजको बैठकमा आर्थिक सर्वेक्षण पेश गर्दै अर्थमन्त्री खतिवडाले चालु आर्थिक बर्षमा आर्थिक सुचकहरु उत्साजनक रहेको, स्थानीय तहबाट विकासगतिविध अघि बढेको र गरिबि घटेको बताएका छन् ।
सर्वेक्षण अनुशार चालु आर्थिक बर्षमा ७ प्रतिशत आर्थिक बृद्धि रहने प्रारम्भिक अनुमान गरिएको छ । मुद्रा स्फीर्ती ४ दशमलव २ प्रतिशत रहेको छ । आर्थिक क्रियालामा भएको बढोत्तरीले प्रतिव्याक्ती आम्दानी र बचत गर्ने क्षमता बढेको छ । आन्तरिक बचतले कुल ग्राहस्थ उत्पादनको २० प्रतिशतको विन्दु नाघेको पुँजी निर्माणमा उल्लेख्य योगदान पुगेको अर्थमन्त्री खतिवडाले सदन समक्ष जानकारी दिए ।
यसै गरी सर्वेक्षणले उच्च व्यापार घाटा कायमै रहेको देखाएको छ । शोधनान्तर स्थिति विदेशी विनियम संचितिमा चाप बढेको छ । उच्च आर्थिक वृद्धि सामाजिक र पुर्वाधारमा भएको लगानी, व्रिपेषणमा बढेको गरिबि घटदै गएको देखाएको छ । गरिबि १८ दशमल ७ मा झरेको छ। प्रतिव्यक्ति आय १ लाख १७ हजार पुग्ने अनुमान गरिएको छ । प्रतिव्यक्ति बार्षिक खर्च खर्च १ लाख ७० हजार पुग्ने अनुमान छ । यस बर्ष नीतिगत एवं कानुनी सुधारले पुँजी लगानीका लागि मार्ग प्रशस्त हुँदै गएको छ । त्यस्तै १ खर्ब ७ अर्व बैदेशिक सहयोग प्रतिवद्धता प्राप्त भएको छ ।