Date

बिहि, मंसिर १३, २०८१
Thu, November 28, 2024

स्थानीय तहमा नौ हजार कर्मचारीका लागि आवेदन आह्वान

स्थानीय तहमा नौ हजार कर्मचारीका लागि आवेदन आह्वान

काठमाडौ, १५ जेठ । लोकसेवा आयोगले स्थानीय तहका लागि नौ हजार कर्मचारी पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ । मुलुक संघियतामा प्रवेश गरेसँगै यतिका संख्यमा स्थानीय तहका लागि एकै पटक विज्ञापन गरिएको पहिलो पटक हो ।

आयोगले गोरखापत्रमा एक सुचना प्रकाशन गरी स्थानीय तहमा रिक्त रहेका पदहरु पदपूर्ती गर्न प्राविधिक र अप्राविधिक दुबैतर्फ गरी कुल नौ हजार एक सय ६१ जनाका लागि आवेदन माग गरेको हो ।लोक सेवा आयोगले चौथो, पाँचौ र छैठौं तहका लागि प्राविधिक तथा अप्राविधिकतर्फ विज्ञापन खुलाएको छ ।

आयोगका अनुसार तह ४ र ५ का लागि १८ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको र तह ६ का लागि २१ वर्ष पूरा भइ ३५ वर्ष ननाघेको हुनुपर्नेछ । त्यस्तै, महिला तथा अपांगको हकमा ४० वर्ष नकटेकाले आवेदन दिन सक्नेछन् ।

आयोगका अनुसार असार ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर साउन १० गतेसम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन् । दरखास्त दस्तुरका लागि तह ६ का लागि खुला १००० रुपैयाँ र समावेशी थप ४०० रुपैयाँ, तह ५ का लागि खुला ४०० र समावेशी रु २००, तह ४ का लागि खुलाका लागि रु ३०० समावेशीका लागि १५० तोकिएको छ । प्रकाशित सूचनामा प्रत्येक गाउँपालिका, नगरपालिका छुट्टछ्ट्टै रुपमा पदपूर्ती हुने गरिने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x