Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

संसदमा बजेट प्रस्तुत गरिदै, सांसदलाई दिने पैंसा र कर्मचारीको तलव बढ्ने

संसदमा बजेट प्रस्तुत गरिदै, सांसदलाई दिने पैंसा र कर्मचारीको तलव बढ्ने

काठमाडौं,१५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ को बजेट संघीय संसदमा प्रस्तुत गर्दैछ। अर्थमन्त्री डाक्टर युवराज खतिवडाले अप्रहान्न दिउँसो ४ बजे बस्ने प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा पेश गर्दैछन्। त्यसअघि दिउँसो ३ बजे बस्ने मन्त्रिपरिषद बैठकबाट बजेट पारित गरिनेछ। अघिल्लो पटक पार्टी घोषणापत्र अनुसारको बजेट नल्याएको भन्दै आलोचित भएका अर्थमन्त्री खतिवडाले यसपटक केही लोकप्रिय कार्यक्रम समेटेर बजेट ल्याउने तयारी गरेका छन्।

अर्थ मन्त्रालय स्रोतका अनुसार बजेटमा कर्मचारीको तलब २० प्रतिशतसम्म वृद्धि गरिँदैछ। वृद्ध भत्ता एक हजार रुपैयाँसम्म बढाउने सरकारको तयारी छ। निर्वाचन क्षेत्र पूर्वाधार विकास साझेदार कार्यक्रममार्फत् सांसदहरुलाई यसअघि दिइएको ४ करोडमा डेढ करोड थपेर साढे ५ करोड पुर्‍याइदै छ । स्रोतका अनुसार बजेटको आकार झण्डै १६ खर्ब हराहारीको हुनेछ।

राष्ट्रिय योजना आयोगले सुरुमा १४ खर्ब ९३ अर्ब रुपैयाँभित्र बजेट ल्याउन सीमा तोकेको थियो। बजेटका लागि १० खर्ब हाराहारी राजश्व उठाउने लक्ष्य लिइने बुझिएको छ भने ३ खर्ब ६६ अर्ब रुपैयाँ बैदेशिक ऋण तथा अनुदान र २ खर्ब १० अर्ब आन्तरिक ऋणमार्फत स्रोत जुटाइने बताइएको छ। केपी शर्मा ओली सरकारकाे यो दोस्रो बजेट हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x