सेञ्चुरी बैंक र मेटलाईफबीच ‘बैंकास्योरेन्स ’ सम्झौता
काठमाडौं, १५ जेठ । सेञ्चुरी कमर्सियल बैंक र मेटलाइफ इन्स्योरेन्स कम्पनीबीच बैंकास्योरेन्स सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतम र इन्स्योरेन्सका उपाध्यक्ष एवं महाप्रबन्धक निर्मलकाजी श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
अव बैंकको सम्पूर्ण शाखाहरुबाट उक्त कम्पनीको बिमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दाबी भुक्तानी लगायत सम्पूर्ण बिमा सेवा प्राप्त गर्न सकिने छ ।