Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेप्सेमा ८.३९ अंकको बृद्धि

नेप्सेमा ८.३९ अंकको बृद्धि

काठमाडौं, १५ जेठ । साताको चौंथो कारोबार दिन बुधबार (आज) सेयर बजारमा बृद्धि देखिएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.३९ अंकले बृद्धि भई १३१३.८८ विन्दुमा रोकिएको हो ।

१ सय ७३ कम्पनीको २६ लाख २८ हजार ४२० कित्ता सेयर खरिदबिक्री हुँदा ९० करोड ८ लाख ५ हजार ९६० रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार शिवम् सिमेण्ट लिमिटेडको भएको छ । शिवम्को २० करोड ४० लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको छ ।

त्यस्तै हिमालयन डिस्टिलरी लिमिटेडका सेयरधनीहरुले सबैभन्दा बढी कमाएका छन् । उक्त हिमालयन डिस्टिलरको प्रतिसेयर मूल्य ९.९६ प्रतिशतले बृद्धि भएको हो । सबैभन्दा बढी गुमाउँनेमा जोशी हाइड्रोपावर डेभलपमेन्ट लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त हाइड्रोपावरको प्रतिसेयर मूल्य ९.६१५३९ प्रतिशतले गिरावट आएको छ ।

नेप्सेमा सूचिकृत १२ समूहमध्ये २ समूहको परिसूचकमा गिरावट आएको छ भने अन्य सबै समूहको परिसूचकमा हरियाली छाएको छ । परिसूचक गिरावट आउँनेमा टेन्डिङ १.०८ र जीवन बिमा समूह ०.९२ प्रतिशत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x