Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

दक्षिण एसियाली मुलुकका स्टक एक्सचेन्जहरुको छाता संगठन सेफमा नयाँ नेतृत्व चयन

दक्षिण एसियाली मुलुकका स्टक एक्सचेन्जहरुको छाता संगठन सेफमा नयाँ नेतृत्व चयन

काठमाडौं, १८ जेठ । दक्षिण एसियाली मुलुकका स्टक एक्सचेन्जहरुको छाता संगठन साउथ एसियन फेडेरेसन अफ एक्सचेन्जेज (सेफ) को १४ औं वार्षिक अधिवेशन तथा कार्यसमितिको बैठक सम्पन्न भएको छ । सेफसँगको समन्वयमा नेपाल स्टक एक्सचेन्ज लिमिटेड र मर्कन्टायल एक्सचेन्ज नेपाल लिमिटेडको सह आयोजनामा ‘मोर्डनाइजेसन अफ क्यापिटल मार्केट इन नेपाल एन्ड एक्रस द बोर्डर’ विषयमा एक दिने छलफल कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रबार सम्पन्न सेफको १४ औं अधिवेशनमा सर्वसम्मत नयाँ कार्यसमितिको चयन गरिएको छ । जस अनुसार रोयल स्टक एक्सचेन्ज अफ भुटानका प्रमुख कार्यकारी अधिकृत दोर्जि फुन्ट्सो अध्यक्ष र मर्कन्टायल एक्सचेन्ज नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जितेश सुरेन्द्रन सेफको उपाध्यक्ष पदमा नियुक्त भएका हुन् । उनीहरुको कार्यकाल आगामी दुई वर्षको हुने छ । अधिवेशनले सेफको विधान संशोधन गर्नुका साथै संस्थाको पुनर्संरचना गर्ने, कार्य समितिको आगामी बैठक बस्ने स्थान र मिति तय गरेको जानकारी दिइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x