Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

यो सिजनमा हिमाल आरोहणका क्रममा १६ जनाको मृत्यु

यो सिजनमा हिमाल आरोहणका क्रममा १६ जनाको मृत्यु

काठमाडौं, १८ जेठ । यो वर्ष हिमाल आरोहणका क्रममा १६ जनाको मृत्यु भएको छ । बसन्त ऋतुको यो आरोहण समयमा सगरमाथामा ९ र कञ्चनजंघामा ६ जना सहित हिमाल आरोहणका क्रममा १६ जनाको मृत्यु भएको हो ।

पर्यटन विभागले बसन्तकालिन सिजनका लागि मात्र करिब चार सय जनालाई सगरमाथा आरोहणको अनुमति दिएको थियो । जसको कारण चुचुरो मात्र होइन आधार शिविरमै आरोहीहरुको खचाखच थियो । सगरमाथा आरोहणका क्रममा बिना कुनै दुर्घटना यति धेरै आरोहीको मृत्यु भएको यो पहिलो घटना भएको आरोहणीहरु बताउछन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले राजश्वको लोभमा नेपाल सरकारले जथाभावी आरोहण अनुमति दिँदा चुचुरोमा ट्राफिक जाम भएकाले ९ जनाको मृत्यु भएको आरोप लगाए पछि विभागले केही अघि त्यसको खण्डन गरेको थियो । विभागले आरोही बढी भएर ट्राफिक जामले नभै अक्सिजनको कमी र वातानुकुल हुन नसकेर आरोहीको मृत्यु भएको दाबी गरेको छ ।

हिमाल आरोहण आफैमा पनि जोखिमपूर्ण कार्य हो । अझ त्यसमा पनि सर्वोच्च शिखर सगरमाथा आरोहण आफैमा जोखिमपूर्ण रहेको आरोहीहरु बताउछन् । तर विभागले यो घटनामा आरोप प्रत्यारोप भन्दा पनि पाठ सिक्दै आरोहणको अनुगमनमा कडाइ गर्नुपर्ने पर्यटन व्यवसायीहरुको माग छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x