प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाडौं,१७ जेठ । प्रधानमन्त्री केपी शर्मा ओली भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सपथग्रहण कार्यक्रममा सहभागी भइ स्वदेश फर्किएका छन् । दोस्रो कार्यकालका लागि प्रधानमन्त्री बनेका मोदीको निमन्त्रणामा शपथ ग्रहण समारोहमा सरिक भएका प्रधानमन्त्री ओली हिजो नयाँदिल्ली गएका थिए ।यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज नयाँदिल्लीमा भेटवार्ता भएको थियो । दुइदेशका प्रधानमन्त्रीबीच द्वीपक्षीय हित र आपसी चासोका विविध विषयमा कुराकानी भएको बताइएको छ ।