Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

हिमालयन बैंक कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध

हिमालयन बैंक कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध

काठमाडौं, २२ जेठ । हिमालयन बैंक नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा आवद्ध भएको छ । उक्त प्रणालीमा आवद्ध भएसँगै बैंकका ग्राहकहरुले आफ्नो बैंक खाताबाट विभिन्न अनलाईन भुक्तानीे कारोबार गर्न सक्ने भएका छन् ।

यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्ने व्यवस्था रहेको बैंकले जनाएको छ । हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिलभुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरलाई भुक्तानीे लगायतमा अन्य विभिन्न सेवाप्रदायकहरुलाई भुक्तानी गर्न सकिने व्यवस्था रहेको छ ।

उक्त प्रणालीमा ५६ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरेको भएपनि हालसम्म ४९ वटा बैंक तथा वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध भइरहेको क्लियरिङ हाउसले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x