Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

विनियोजन विधेयकमा मन्त्रालयगत छलफल शुरु, खर्च कटौतीसम्बन्धी बेग्लाबेग्लै प्रस्ताव प्रस्तुत

विनियोजन विधेयकमा मन्त्रालयगत छलफल शुरु, खर्च कटौतीसम्बन्धी बेग्लाबेग्लै प्रस्ताव प्रस्तुत

काठमाडौं, २८ जेठ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ अन्तर्गत मन्त्रालयगत छलफल आजदेखि शुरु भएको छ । उक्त विधेयकअन्तर्गत आजको बैठकमा युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालयका विभिन्न शीर्षकमाथिको छलफल प्रारम्भ भएको हो ।

बैठकमा सांसद दुर्गा पौडेल, दिव्यराज भण्डारी, रङ्गमती शाही, डा मीनेन्द्र रिजाल र प्रेम सुवालले युवा तथा खेलकूद, शहरी विकास र अर्थ मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित खर्च रकम घटाइयोस् भनी खर्च कटौतीसम्बन्धी बेग्लाबेग्लै प्रस्ताव प्रस्तुत गरे । उनीहरुले प्रस्ताव प्रस्तुत गर्नुपर्ने कारण र औचित्य पुष्ट्याइँ गर्दै आफ्नो प्रस्तावका पक्षमा सहयोग गर्न आग्रह गरे । खर्च कटौतीका प्रस्तावकले युवा रोजगारमुखी बजेट नदेखिएको तथा शैक्षिक प्रमाणपत्र धितो राखेर सहुलियत व्याजदरमा ऋण दिने विषयमा बजेटमा छुटेको उनीहरुको भनाइ थियो ।

मन्त्रालयगत छलफलमा पहिलो वक्ताका रुपमा भाग लिँदै नेकपाका खगराज अधिकारीले कतिपय आयोजनाका लागि बजेट अपुग भयो भनी प्रश्न उठाउने सदस्यले नै खर्च कटौतीका कुरा गर्नु आफैँमा आश्चर्यको कुरा हो भन्दै बजेट उत्पादकत्व वृद्धि र लोककल्याणकारी राज्यको अवधारणा अनुरुप आएको बताए ।

प्रतिपक्ष दल नेपाली काँग्रेसका देवप्रसाद तिमिल्सिनाले प्रधानमन्त्री र सत्तापक्षका नेताका जिल्लामा मात्र बढी बजेट विनियोजन भएको जनाउँदै विकास र समृद्धिको कुरा कसरी पूरा होलान् भनी प्रश्न गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x