Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

नेप्सेमा झिनो अंकको सुधार, सबैभन्दा बढी सेयर कारोबार शिवम् सिमेण्टको

नेप्सेमा झिनो अंकको सुधार, सबैभन्दा बढी सेयर कारोबार शिवम् सिमेण्टको

काठमाडौं, २८ जेठ । साताको तेस्रो कारोबार मंगलबार (आज) सेयर बजारमा झिनो अंकको सुधार आएको छ । हिजो ८.७८ अंकले गिरावट आएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा आज ०.१७ अंकले सुधार आई १२७५.९८ विन्दुमा रोकिएको हो ।

१ सय ७४ कम्पनीको १५ लाख ९ हजार ८८५ कित्ता सेयर खरिदबिक्री हुँदा ४८ करोड ८ लाख ७६ हजार ९८६ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा बढी सेयर कारोबार शिवम् सिमेण्ट लिमिटेडको भएको छ । शिवम्को ३ करोड ७८ लाख रुपैयाँ भन्दा बढीको सेयर कारोबार भएको हो ।

त्यस्तै सबैभन्दा बढी कमाउनेमा पाँचथर पावर कम्पनी लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त कम्पनीको प्रतिसेयर मूल्य ९.५२ प्रतिशतले बृद्धि भएको छ । सबैभन्दा बढी गुमाउनेमा नेपाल हाइड्रो डेभलोपर्स लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त हाइड्रोको प्रतिसेयर मूल्य ९.६१५३९ प्रतिशतले घटेको छ ।

त्यसैगरी नेप्सेमा सूचिकृत १२ समूहमध्ये ६ समूहको उपसूचकमा बृद्धि आएको छ भने अन्य ६ समूहको उपसूचकमा गिरावट आएको छ । बैंकिङ्ग ०.२२ प्रतिशत, ट्रेण्डिङ ३.१४ प्रतिशत, विकास बैंक ०.२ प्रतिशत, हाईड्रोपावर ०.३९ प्रतिशत, माइक्रोफाइनान्स ०.२५ प्रतिशत र म्युचियल फण्ड समूहको ०.०५ प्रतिशतले उपसूचकमा बृद्धि आएको हो ।

त्यस्तै उपसूचकमा गिरावट आउनेमा होटेल ०२६ प्रतिशत, फाइनान्स ०.२१ प्रतिशत, निर्जीवन बीमा ०.८८ प्रतिशत, उत्पादन तथा प्रशोधन ०.५ प्रतिशत, अन्य ०.७१ प्रतिशत र जीवन बीमा समूह ०.०२ प्रतिशत रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x