Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

भ्रमण वर्षलाई लक्षित गरी ७ वटै प्रदेशमा समन्वय समिति गठन

भ्रमण वर्षलाई लक्षित गरी ७ वटै प्रदेशमा समन्वय समिति गठन

काठमाडौं, २८ जेठ । सरकारले नेपाल भ्रमण वर्ष २०२० लाई प्रभावकारी रुपमा सञ्चालन गर्न ७ वटै प्रदेशमा प्रदेशस्तरीय पर्यटन प्रवद्र्धन समिति गठन गरेको छ । सम्बन्धित प्रदेशका मुख्यमन्त्री संरक्षक, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अध्यक्ष रहने गरी प्रधानमन्त्री एवम् संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रिस्तरको निर्णयबाट सातै प्रदेशमा भ्रमण वर्ष प्रदेश समन्वय समिति गठन गरिएको हो ।

स्थानीय स्तरदेखि अन्तर्राष्ट्रियस्तरसम्म पर्यटन जागरणका रुपमा भ्रमण वर्ष अभियान सञ्चालनका लागि उक्त समितिको गठन गरिएको पर्यटन मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार समितिमा सम्बन्धित प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव सदस्यसचिव तथा पर्यटनसम्बन्धी निजी क्षेत्रबाट प्रादेशिक कार्यक्रम संयोजक र सदस्यहरू रहने ब्यवस्था रहेको छ ।

पर्यटन प्रवद्र्धन समिति अन्तर्गत प्रदेश नं १ मा १७, प्रदेश नं २ मा १९, गण्डकी प्रदेशमा २२, प्रदेश नं ५ मा २६, कर्णाली प्रदेशमा १६ र सुदूरपश्चिम प्रदेशमा १८ सदस्यीय समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

नेपाललाई विश्व पर्यटन बजारमा गुणस्तरीय पर्यटन गन्तव्यका रूपमा विकास र प्रवद्र्धन गर्दै सन् २०२० मा कम्तीमा २० लाख पर्यटक भित्र्याउन, प्रतिपर्यटक खर्च दर बढाउन र पर्यटकको बसाइ अनुभवलाई थप सुखद बनाउन गुणात्मक रूपले सघाउ पुर्याउने उद्देश्यले सरकारले नेपाल भ्रमण वर्ष २०२० अभियान घोषणा गरेको थियो । उक्त अभियानअन्तर्गत विभिन्न प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन भइरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x