वित्तीय प्रणालीमा तरलता अभाव भएपनि राष्ट्र बैंकले आज १० अर्वको रिपो जारी गर्दै
काठमाडौ., २९ जेठ । नेपाल राष्ट्र बैंकले आज १० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । ७ दिनमा परिपक्व हुने गरि राष्ट्र बैंकले रिपो जारी गर्न लागेको हो ।
आज अपराह्न ३ बजे बोलकबोल हुने रिपो असार ४ गते परिपक्क हुनेछ । बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले आवेदन दिन सक्ने छन् । ५ प्रतिशत वा सो भन्दा कम ब्याजदर कबोल गरी पेश भएका बोलपत्र रद्द गरिनेछ । वित्तीय प्रणालीमा लगानीयोग्य रकम अभाव देखिएमा राष्ट्र बैंकले अल्पकालिन अवधिको तरलता प्रवाह गर्न रिपो जारी गर्ने गर्दछ ।