सेयर बजारमा झिनो सुधार
काठमाडौं, २ असार । साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजारमा झिनो अंकले सुधार देखिएको छ । बजार २.६३ अंकले बढेर १२६०.९० को विन्दुमा बन्द भएको छ ।
हिजो भने बजारमा दोहोरो अंकले गिरावट आएको थियो ।
आज कारोबारमा आएका मध्ये विकास बैंक, माइक्रोफाइनान्स र जीवन बीमा समूहको उपसूचक नकारात्मक छ भने बाँकी अरु सबै समूहको उपसूचक सकारात्मक देखिएको छ ।
त्यस्तै, आज एक सय ७३ कम्पनीको ४० करोड ३५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यसमा नेपाल बैंकको सबैभन्दा धेरै अर्थात तीन करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट, गोर्खाज फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु सबैभन्दा धेरै कमाउने कम्पनीहरुमा परेका छन् भने ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था, युनाइटेड हाइड्रोपावर र गुडविल फाइनान्सका लगानीकर्ताहरु धेरै गुमाउनेमा परेका छन् ।