Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

एनआईसी एशिया बैंकको ‘इ–सेवा काउण्टर डिपोजिट’ सेवा सुरु

एनआईसी एशिया बैंकको ‘इ–सेवा काउण्टर डिपोजिट’ सेवा सुरु

काठमाडौं, ६ असार । एनआईसी एशिया बैंक लिमिटेडले ‘इ–सेवा काउण्टर डिपोजिट’ सेवा सुरु गरेको छ । यो सेवा अन्तर्गत बैंकका ग्राहकहरुले जुनसुकै शाखाको काउण्टरबाट आफ्नो इ–सेवा खातामा रकम सिधै जम्मा गर्न सक्ने छन् ।

यो सेवा सञ्चालनमा आउनुभन्दा पहिले ग्राहकहरूले आफ्नो मोवाइल बैंकिङ्ग वा इ–बैंकिङ्गबाट मात्र रकम जम्मा गर्न सक्ने व्यवस्था थियो । अब ‘इ–सेवा काउण्टर डिपोजिट’को सेवा मार्फत पनि इ–सेवाको एजेन्ट तथा ग्राहकहरूले आफूलाई पायक पर्ने उक्त बैंकको जुनसुकै शाखामा गई काउण्टरबाट इ–सेवामा रकम जम्मा गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकले हाल मुलुकभर २ सय ८४ शाखा कार्यालय, २ सय ९४ एटीएम, ४६ वटा एक्सटेन्सन काउण्टर र ३५ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x