सातामा नेप्से ५.१९ अंकले घट्यो, झन्डै २ अर्वको कारोबार

काठमाडौं, ७ असार । यो साता नेप्से परिसूचक ५.१९ अंक घटेको छ । गत साताको जेठ ३० गते बिहीवार १ हजार २६९.५५ विन्दुमा बन्द भएको परिसूचक यो साताको बिहीवार १ हजार २६४.३६ विन्दुमा बन्द भएको छ ।
यो साताको आइतवार र बिहीवारको तुलनामा भने नेप्से परिसूचक ६.०९ अंकले बढेको छ । आइतवार १ हजार २५८. २७ विन्दुमा बन्द भएको थियो । सातामा नेप्से पाँच दिन कारोबार भएको छ । पाँच दिनको कारोबारमा दुई दिन बजार बढ्यो भने तीन दिन घटेको छ ।
त्यस्तै यो सातामा ७९ लाख ३ हजार ८८२ कित्ता शेयरको १ अर्ब ९१ करोड रुपैयाँमा कारोबार भएको छ।