Date

आइत, असार २९, २०८२
Sun, July 13, 2025

महालेखापरीक्षक शर्मा र विश्व बैंक समूहका प्रतिनिधिबीच भेटवार्ता

महालेखापरीक्षक शर्मा र विश्व बैंक समूहका प्रतिनिधिबीच भेटवार्ता

काठमाडौं, १७ असार । महालेखापरीक्षक टंकमणि शर्मा दंगाल र विश्व बैंक समूहका उपाध्यक्ष आन्के डी एन्जेलोबीच औपचारिक भेटवार्ता भएको छ । भेटवार्तामा महालेखापरीक्षक शर्माले नेपालको सार्वजनिक वित्तीय व्यवस्थापन सुधारोन्मुख हुनुमा विश्व बैंकको सहयोग महत्वपूर्ण रहेको जानकारी दिए ।

त्यस्तै विश्व बैंकको सहयोगमा संचालित एकीकृत वित्तीय व्यवस्थापन सुधार कार्यक्रम अन्तर्गत महालेखापरीक्षकको कार्यालयमा लेखापरीक्षण मापदण्डको समसामयिक सुधार, लेखापरीक्षणलाई थप प्रभावकारी बनाई गुणस्तर सुधार, लेखापरीक्षणमा संलग्न हुने कर्मचारीको क्षमता अभिवृद्धि लगायतका कार्यहरु भईरहेको उनको भनाई थियो । सो अवसरमा विश्व बैंक समूहका उपाध्यक्ष एन्जेलोले महालेखापरीक्षकको कार्यालयले गर्ने ‘सिस्टम अडिट’, लेखापरीक्षण प्रतिवेदनले औंल्याएको सुझाव कार्यान्वयनको अवस्था, कार्यमूलक लेखापरीक्षणबाट प्राप्त अनुभव तथा नतिजा सम्बन्धमा जिज्ञासा राखेका थिए ।

जिज्ञासाको सम्बोधन महालेखापरीक्षकले यस कार्यालयले तोकेको ढाँचामासम्पूर्ण सरकारी कार्यालयहरुले लेखा अभिलेख राख्नुपर्ने र दिएका सुझावको कार्यान्वयन सम्बन्धित निकायले गर्नुपर्ने व्यवस्था रहेको अवगत गराउँदैकार्यालयले सूचना प्रविधि सम्बन्धी सफ्टवेयर मध्ये नमूना छनौट गरी ‘सिस्टम अडिट’ गर्दै आएको जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *