हावाहुरी पीडितलाई एनआईसी एशिया बैंकद्वारा दुईलाख सहयोग
काठमाडौं, १७ असार । एनआईसी एशिया बैंकले गत जेठ २३ गते आएको हावाहुरी पीडितलाई राहत वितरण गरेको छ । बैंकले सोमबार हावाहुरी पीडितलाई २ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको हो ।
उक्त चेक बैंकका प्रवन्धक टेकराज भट्टले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई हस्तान्तरण गरेका हुन् । नगर प्रमुख वडले हावाहुरीको घाउमा मलम लगाउनका लागि सहयोग गर्ने बैंक प्रति आभार प्रकट गरे ।