Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सेयर बजारमा दोहोरो अंकले बृद्धि, सबैभन्दा बढी सेयर कारोबार मेगा बैंकको

सेयर बजारमा दोहोरो अंकले बृद्धि, सबैभन्दा बढी सेयर कारोबार मेगा  बैंकको

काठमाडौं, १७ असार । साताको तेस्रो कारोबार दिन (आज) सेयर बजारमा दोहोरो अंकले सुधार आएको छ । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) ११.०२ अंकले बृद्धि भई १२५३.०६ विन्दुमा रोकिएको हो ।

१ सय ७० कम्पनीको १४ लाख ६६ हजार ८९७ कित्ता सेयर खरिद–विक्री हुँदा ४२ करोड ९४ लाख ७७ हजार २८८ रुपैयाँको कारोबार भएको छ । साथै सबैभन्दा बढी सेयर कारोबार मेगा बैंक नेपाल लिमिटेडको भएको छ । उक्त बैंकको ४ करोड ९५ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको हो ।

त्यस्तै सबैभन्दा बढी कमाउनेमा स्वरोजगार लघुवित्त वित्तीय विकास बैंक लिमिटेडका सेयरधनीहरु रहेका छन् । लघुवित्त बैंकको आज प्रतिसेयर मूल्य १० प्रतिशतले वृद्धि भएको छ । सबैभन्दा बढी गुमाउनेमा युनियन हाड्रोपावर लिमिटेडका सेयरधनीहरु रहेका छन् । उक्त हाड्रोपावरको प्रतिसेयर मूल्य ५.८८२३५ प्रतिशतले घटेको छ ।

त्यसैगरी नेप्सेमा सूचिकृत १२ समूहमध्ये ३ समूहको उपसूचक ओरालो लागेको छ भने अन्य ९ समूहको उपसूचकमा हरियाली छाएको छ । उपसूचक ओरालो लाग्नेमा टेन्डिङ, उत्पादन तथा प्रशोधन र अन्य समूह रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x