Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

राष्ट्र बैंकले १२ अर्बको विकास ऋणपत्र बिक्री गर्ने

राष्ट्र बैंकले १२ अर्बको विकास ऋणपत्र बिक्री गर्ने

काठमाडौं, २५ असार । नेपाल राष्ट्र बैंकले बिहीबार १२ अर्ब रुपैयाँको विकास ऋणपत्र बिक्री गर्ने भएको छ । बिहीबार निष्काशन हुने विकास ऋणपत्र २०८१ ’ग’ को अवधि ५ वर्ष रहने छ ।

बोलकबोल प्रक्रियाबाट बिक्री हुने सो ऋणपत्र खरिदको लागि बैंक तथा वित्तीय संस्था, गैर बैंक बित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले नेपाल राष्ट्र बैंकको राष्ट्र ऋण व्यवस्थापन विभागमा आवेदन दिनुपर्नेछ ।

इच्छुक खरीदकर्ता प्रतिस्पर्धी र अप्रतिस्पर्धीरुपमा सहभागी हुन सक्ने राष्ट्र बैंकले जनाएको छ । प्रतिस्पर्धी खरीदकर्तालाई निष्काशित रकमको ८० प्रतिशत अर्थात ९ अर्ब ६० करोड र अप्रतिस्पर्धीलाई २० प्रतिशत अर्थात २ अर्ब ४० करोड छुट्याइएको छ । इच्छुक लगानीकर्ताले असार २६ गते विहीबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ सफ्टवेयर मार्फत बोलपत्र पेश गर्नुपर्नेछ । ऋणपत्रमा न्यूनतम ५० हजार र बढीमा निष्काशित रकमको सीमा नबढाई पचास हजारले भाग गर्दा निःशेष भाग जाने अंकसम्म माग गर्न सकिनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x