Date

बुध, कार्तिक ७, २०८१
Wed, October 23, 2024

सेयर बजार घट्ने क्रम रोकिएन

सेयर बजार घट्ने क्रम रोकिएन

काठमाडौं, २५ असार । सेयर बजार घट्ने क्रमले बुधबार (आज) पनि निरन्तरता पाएको छ । पछिल्लो सयम निरन्तर घट्दै आएको बजारमा हिजो झिनो अंकले सुधार आएपनि आज पुन घटेको हो ।

बजार १.१२ अंकले घटेर १२४९.१५ विन्दुमा रोकिएको छ । आज १ सय ६८ कम्पनीको २९ लाख ९८ हजार ९ सय ४७ कित्ता सेयर खरिद विक्री हुँदा ५७ करोड ३४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

बजेट भाषण पछि सेयर बजार उक्कालो लाग्ने अपेक्षा गरिएपनि लामो अबधीदेखि बजार निरन्तर घटिरहेको छ । पछिल्लो समय लगानीकर्ताहरु मौद्रिक नीतिको पखाईमा रहेको जानकारहरु बताउछन् । राष्ट्र बैंकले बैंक मर्जर सहित केही नयाँ व्यवस्था सहित मौद्रिक ल्याउने बजारमा चर्चा चलेको कारण लगानीकर्ताहरु पर्ख र हेरको व्यवस्थामा रहेको विश्लेषण गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x