Date

सोम, बैशाख ८, २०८२
Mon, April 21, 2025

एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकलाई विराटनगर अस्पतालमा उपचार गराउँदा विशेष छुट

एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकलाई विराटनगर अस्पतालमा उपचार गराउँदा विशेष छुट

काठमाडौं, २६ असार । एनआईसी एशिया बैंक लिमिटेडका कर्मचारी र ग्राहकलाई विराटनगर अस्पतालमा उपचार गराउदा विशेष छुट हुने भएको छ । उक्त छुट दिनका लागि बैंक र मुनालपथ, विराटनगरमा रहेको विराटनगर अस्पताल प्रा.लि.बीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा बैंकका प्रदेश नं १ विराटनगर उपप्रादेशिक कार्यालयका प्रमुख विष्णु प्रसाद आचार्य र विराटनगर अस्पतालका निर्देशक डा. सुशील तपरियाले हस्ताक्षर गरेका हुन् । सम्झौता अनुसार बैंकका कर्मचारीले विराटनगर अस्पतालमा उपचार गराउदा अस्पतालबाट उपलब्ध गराउने सेवामा १५ प्रतिशत छुट पाउने छन् भने बैंकका डेबिट वा क्रेडिट कार्डवाहक र बैंकका सम्पूर्ण ग्राहकहरुलाई १० प्रतिशत सम्मको छुट उपलब्ध हुने बैकले जनाएको छ ।

हाल बैंकले २ सय ८६ शाखा कार्यालय, ३ सय एटीएम, ४७ वटा एक्स्टेन्सन काउण्टर र ४० वटा शाखारहित बैंकिङ इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्र्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x