लगातारको वर्षा कतै पहिरो त कतै बाढीको त्रास

काठमाडौं, २७ असार । लगातारको वर्षासँगै आएको बाढी र पहिरोका कारण मुलुकका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै बस्ती समेत डुवानमा परेको छ ।
बीपी राजमार्ग अन्तर्गत काभ्रेको रोशी गाउँपालिका ११ स्थित पिप्ले नजिक पहिरोका कारण सडक बन्द छ । त्यस्तै, बुटवलबाट पाल्पा जाने सडकखण्ड, लमजुङबाट मनाङ र भोजपुरबाट धरान जाने सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध छ ।
लगातारको वर्षाका कारण देशका अन्य विभिन्न स्थानमा बाढी आएको छ । विराटनगर महानगरपालिकाको तीनवटा बस्ती डुबानमा परेको छ। महानगरपालिकाको १,२ र ८ वटाको बस्ती डुवानमा परेको हो ।