राष्ट्रिय वाणिज्य बैंकको शाखा कार्यालय धादिङकोे मलेखुमा
काठमाडौं, ३० । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले धादिङको मलेखुमा शाखा कार्यालय विस्तार गरेको छ । बैंकले बेनीघाट रोराङ गाउंपालिका वडा न. ३ मलेखुमा शाखा कार्यालय विस्तार गरी कारोबार सुरु गरेको हो ।
उक्त शाखा विस्तारबाट उद्यमीहरुको वित्तीय पंहुचमा थप सघाउ पुगी रोजगारी श्रृजनामा समेत सहयोग पुग्ने बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।
हाल बैंकले २ सय २२ वटा शाखा कार्यालय, १ सय ७५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग इँकाईमार्फत् ग्राहकलाई सेवा दिँदै आएको छ । बैंकले १ खर्ब ८६ अर्ब रुपैंया निक्षेप संकलन गरी १ खर्ब ४४ अर्ब रुपैंया कर्जा लगानी गरेको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।