Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

अजोड इन्स्योरेन्सको प्रथम साधारण सभा सम्पन्न

अजोड इन्स्योरेन्सको प्रथम साधारण सभा सम्पन्न

काठमाडौं, ३० असार । अजोड इन्स्योरेन्स लिमिटेडको प्रथम साधारण सभा सम्पन्न भएको छ । अजोडले आज काठमाडौमा एक कार्यक्रम आयोजना गरी प्रथम साधारण सभा सम्पन्न गरेको हो ।

त्यस्तै साधारण सभामा सर्वसाधारणका लागि सेयर निस्काशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिएको छ । संस्थापक समूहबाट सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि सभाबाट पारित गरिएको छ ।

त्यसैगरी सभाले सञ्चालक समितिको बैठक भत्ता वापत अध्यक्षलाई ८ हजार रुपैयाँ, सदस्यहरुलाई ७ हजार रुपैयाँ र उप–समितिका सदस्यहरुलाई बैठक भत्ता वापत ७ हजार रुपैयाँ उपलब्ध गराउने प्रस्ताव पारित गरेको छ । उक्त सभाबाट टेलिफोन र पत्रपत्रिका लगायतका सुविधाका लागि अध्यक्ष र सदस्यका लागि ७ हजार रुपैयाँ दिने प्रस्ताव पनि पारित गरेको हो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x