Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

बाढी र डुवानबाट क्षेति ब्यहोरेका उद्योगीलाई सावाँ-ब्याज भुक्तानी गर्न समय थपियो

बाढी र डुवानबाट क्षेति ब्यहोरेका उद्योगीलाई  सावाँ-ब्याज भुक्तानी गर्न समय थपियो

काठमाडौं, ३१ असार । तराइमा आएको बाढी र डुबानका कारण विभिन्न जिल्लामा उद्योग ब्यवसायीहरुले करौडौंको क्षेति ब्यहोरेका छन् । उद्योगमा रहेका कच्चा पदार्थ उत्पादन समाग्रीहरु काम नलाग्ने भएका छन् । बाढी पहिरो प्रभावित उद्योगी व्यवसायीलाई सरकारले बैंकको सावाँ, व्याज भुक्तानी गर्ने समय एक महिना थपेको छ ।

बाढी एव डुवानका कारण विभिन्न जिल्लामा संचालित उद्योग धन्दाहरु र कृषि क्षेत्रमा भएको क्षेतिको प्राराम्भिक विवरण अनुसार तराई क्षेत्रमा रहेका उद्योगहरु ढुवानमा पर्दा करौडोको क्षेति एवम नोक्सानी पुगेको छ  ।  एक नम्बर प्रदेशका ६ जिल्लामा मात्र कृषि क्षेत्रमा करिब १५ करोड रुपैया बराबरको नोक्सानी भएको छ ।  करिब ११ सय ३२ हेक्टर जग्गामा लगाइएका धान, तरकारी, केरा, अलैची र मकै खेतीमा क्षेति भएको छ । यसै गरी सुनसरी मोरङ औद्योगिक कोरिडोरका मात्र ५० करोड  क्षती भएको प्राराम्भीक अनुमान रहेको छ । मुख्यरुपमा चामल, दाल, चाउचाउ, बिस्कुट, साबुन र चकलेट उद्योगहरु बढी प्रभावित भएका छन् ।

प्रदेश २ अन्तर्गत रहेका पर्सा, रौतहट, सर्लाहीमा रहेका विभिन्न उद्योगहरुमा पानि डुवानका कारण क्षेति पुगेको छ । हजारौ हेक्टरमा लगाइएको बालिमा नोक्सान पुगेको छ । ठूला उद्योगहरुमा गोदामा पानी पसेका कारण उद्योगका अधिकांश कच्चा पदार्थ काम नलाग्ने भएका छन् । कतिपय उद्योगमा मेसिनहरु पनि पुन प्रयोमा ल्याउन नसक्ने गरी विग्रिएका छन् ।  माछाको पकेट क्षेत्र मानिएको बाराको माछागाँउमा ४० प्रतिशत माछा पोखरीमा क्षती पुगेको छ । जिल्लाका बकैया र पसाह खोलाको पानी बस्तीमा पस्दा पोखरीमा पालिएका करिब ४ हजार मेट्रिक टन माछा बाढीले बगाएको छ ।

बाढी पहिरोको कारण उद्योगी व्यवसायीका माग अनुसार सरकारले ऋणको सावाँ तथा ब्याज भुक्तानीका लागि एक महिना समय थप गरेको  छ । लगातारको वर्षापछि आएको बाढी पहिरोका कारण बजारबाट उद्योगी/व्यवसायीको पैसा उठ्न नसकेको भन्दै महासंघले आइतबार समय थप गर्न माग गरेको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x