पर्यटकका लागि नयाँ होटल थपिदै, आन्तरिक उडानका १४ विमानस्थल भने बर्षौदेखि बन्द

काठमाडौं,३१ असार । देशमा राजनीतिक स्थायित्वसँगै पछिल्ला वर्षहरुमा होटेलको संख्या थपिदै आएको एक तथ्याङ्कले देखाएको छ । संस्कृति पर्यटन तथा नागरिक उडड्न मन्त्रालयलले सार्वजनिक गरेको नेपाल टूरिजम स्टाटिसटिक्स अनुसार सन् २०१८ मा १ हजार २ सय ५४ वटा होटलहरु सञ्चानमा रहेका छन् । गत वर्षको तुलनामा यो वर्ष साना–ठूला गरी १ सय ५३ ले बढी हो ।

यसले मुलुकमा पछिल्लो समय पर्यटन व्यवसाय फस्टाउँदै गएको संकेत गरेको छ । मुलुकका विभिन्न पर्यटकीय क्षेत्रामा विदेशी तथा स्वदेशी पर्यटकको आवागमन बढेसँगै सुविधा सम्पन्न होटल स्थापनाको  लहर चलेको छ ।  पर्यटकलाई लक्षित गरी मुलुकका विभिन्न स्थानमा सन् २०१८ मा मात्रै साना ठूला गरी १ हजार २ सय ५४ वटा होटलहरु थपिएका हुन । पर्यटन क्षेत्रले नेपालको राजश्व संकलनमा समेत ठूलो योगदान पुर्‍याउँदै आएको छ । नेपालमा सरकारी, निजी र साझेदारी रुपमा पर्यटन व्यवसाय सञ्चालन हुँदै आएको छ ।

प्रतिवेदनका अनुसार कुल ४९ वटा मध्ये ३५ वटा विमानस्थल सञ्चालनमा छन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अन्य १४ वटा विमानस्थल भने निष्क्रिय अवस्थामा छन् । हाल सञ्चालित ३५ मध्ये ३१ वटा विमानस्थल भने सबै मौसममा पनि सञ्चालन हुने गरेको पाइएको र अन्य ५ वटा विमानस्थल निर्माणधीन अवस्थामा रहेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *