Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकलाई ग्लोबल हस्पिटलमा विशेष छुट

एनआईसी एशिया बैंकका कर्मचारी र ग्राहकलाई ग्लोबल हस्पिटलमा विशेष छुट

काठमाडौं, ३१ असार । एनआईसी एशिया बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरुले ग्लोबल हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने भएका छन् । ललितपुरको ग्वार्काेस्थित उक्त हस्पिटलमा बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक र बैंकका सम्पूर्ण ग्राहकहरुले १५ प्रतिशत छुट पाउने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा बैंकका डिजिटल विजनेशका इन्चार्ज रौनक करवा र हस्पिटलका मानव संशाधन तथा वित्त विभाग प्रमुख हिमान्सु झाले हस्ताक्षर गरेका हुन् ।

हाल बैंकले २ सय ९० शाखा कार्यालय, ३ सय २ एटीएम, ४७ वटा एक्स्टेन्सन काउण्टर र ४१ वटा शाखारहित बैंकिङ्ग इकाईमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x