देवः विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार सुरु
काठमाडौं, ३० असार । देवः विकास बैंक र वेष्टर्न डेभलपमेन्ट बैंकबीच एकीकृत कारोबार सुरु भएको छ । आज नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवि नेपालको उपस्थितिमा एकीकृत कारोबार सुरु गरिएको हो ।
दुबै बैंकले असार २९ गते आफ्नो सम्पूर्ण कारोबार बन्द गरेका थिए । आजदेखि दुबै वित्तीय संस्थाले एकीकृत कारोबार गर्ने भएकाले डाटा म्याग्रेशन प्रयोजनका लागि १ दिन सम्पूर्ण कारोबार बन्द गरिएको जनाइएको छ ।
असार १२ गते वार्षिक साधारण सभाबाट देवः विकास बैंक लिमिटेडले वेष्टर्न डेपलपमेण्ट बैंक लिमिटेडलाई प्राप्ती गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।