जनता बैंकको शाखा कार्यालय ललितपुरको खुमलटारमा
काठमाडौं, ३० असार । जनता बैंक नेपाल लिमिटेडले ललितपुरको खुमलटारमा शाखा कार्यालयको उद्घाटन गरी कारोवार सुरु गरेको छ । उक्त शाखाको उद्घाटन बैंक सञ्चालक समितिका अध्यक्ष केशबबहादुर रायमाझीले गरेका हुन् ।
हाल बैंकले १ सय ४२ शाखा कार्यालय, १ सय ८ एटीएम, ५० शाखा रहित बैंकिङ्ग सेवा, १ सीमित बैंकिङ्ग ईकाइ र ३ एक्सटेन्सन काउन्टर मार्फत सेवा प्रदान गर्दै आएको छ ।