Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

धितोपत्र बोर्डको आगामी नीति तथा कार्यक्रमः ठूला लगानीमा स्थापित उत्पादनमूलक कम्पनीलाई धितोपत्र बजारमा भित्र्याउन प्रोत्साहन गरिने

धितोपत्र बोर्डको आगामी नीति तथा कार्यक्रमः ठूला लगानीमा स्थापित उत्पादनमूलक कम्पनीलाई धितोपत्र बजारमा भित्र्याउन प्रोत्साहन गरिने

काठमाडौं, ३० असार । नेपाल धितोपत्र बोर्डले ठूलो लगानीमा स्थापित उत्पादनमूलक कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउन प्रोत्साहन गर्ने भएको छ । बोर्डले आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दै पचास करोड वा सो भन्दा माथिका र एक अर्ब वा सो भन्दा बढीको पूँजीमा स्थापित उत्पादनामूलक कम्पनीहरुलाई धितोपत्र बजारमा भित्र्याउन प्रोत्साहन गर्ने जनाएको छ ।

सरकारले समेत कर छुटमार्फत् उत्पादनमूलक कम्पनीहरुलाई धितोपत्र बजारमा ल्याउन प्रोत्साहन गरेकाले त्यस्ता कम्पनीहरुलार्ई सहुलियत दरमा ऋण प्रवाह गर्ने बोर्डले जनाएको छ ।

यसका अतिरिक्त बोर्डले आगामी आर्थिक वर्षमा वित्तीय लगानीकर्ताको संरक्षण सम्बन्धी व्यवस्थालाई सुदृढ गर्दै वित्तीय समावेशी नीति तर्जुमा गर्ने, डिम्याट खातासम्बन्धी नीतिलाई थप प्रभावकारी बनाउने, नेप्से र सिडिएससीमा आईटीको क्षमता अभिवृद्धि गर्नमा सहजिकरण गर्ने र निजी क्षेत्रमा अर्काे स्टक एक्सचेन्ज स्थापना गर्न दिने जनाईएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x