Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

डिजिटल भुक्तानीका लागि साइन रेसुंगा डेभलपमेन्ट बैंक र खल्ती डिजिटल वालेटबीच सम्झौता

डिजिटल भुक्तानीका लागि साइन रेसुंगा डेभलपमेन्ट बैंक र खल्ती डिजिटल वालेटबीच  सम्झौता

काठमाडौं, ३० असार । ‘साइन रेसुंगा डेभलपमेन्ट बैंक’ र ‘खल्ती डिजिटल वालेट’ बिच डिजिटल भुक्तानी सेवा प्रदान गर्नका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको छ । साइन रेसुंगा डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रमोद पौडेल र खल्तीका तर्फबाट निर्देशक ध्रुब अधिकारीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

यस सम्झौता अनुसार अब साइन रेसुंगा डेभलपमेन्ट बैंकका ग्राहकहरुले उक्त बैंकको मोबाईल बैंकिङ सेवा प्रयोग गरी ‘खल्ती’मा सजिलै पैसा लोड गर्न र विभिन्न वस्तु तथा सेवाहरुको भुक्तानी गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको साइन रेसुंगा डेभलपमेन्ट बैंक एक क्षेत्रीय स्तरको बैंक हो । बैंकले हाल पश्चिमान्चल क्षेत्रका विभिन्न स्थानमा संचालित ३९ शाखा कार्यालयहरु मार्फत बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x