सेयर बजारमा ३.७५ अंकको गिरावट, २९ करोड ८१ लाखको कारोबार
काठमाडौं, ५ साउन । साताको पहिलो कारोबार दिन आइतबार (आज) सेयर बजार ३.७५ अकले घटेर १२६८.७४ को बिन्दुमा बन्द भएको छ ।
आज कारोबारमा आएका मध्ये अन्य र फाइनान्स बाहेक अरु सबै समूहको उपसूचकमा गिरावट आएको छ । कारोबार पनि एक सय ६६ कम्पनीको २९ करोड ८१ लाख रुपैयाँ बराबरको मात्र भएको छ।
त्यस्तै, सिभिल बैंकको सबैभन्दा धेरै सेयर किनबेच भएको छ । स्वाभिमान लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले सबैभन्दा धेरै कमाएका छन् भने युनियन हाइड्रोपावरका लगानीकर्ताहरुले सबैभन्दा धेरै गुमाउनेमा परेका छन् ।