Date

शनि, पुस २७, २०८१
Sat, January 11, 2025

बेलायतीद्वारा नेपालको ५ हजार मिटरभन्दा माथि हक्कि खेलेर विश्व कीर्तिमान कायम

बेलायतीद्वारा नेपालको ५ हजार मिटरभन्दा माथि हक्कि खेलेर विश्व कीर्तिमान कायम

काठमाडौं, ५ साउन । नेपालको उच्च भेकमा आएर हक्कि खेली विश्व कीर्तिमान राख्ने बेलायती खेलाडीलाई सम्मान गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० को सचिवालयले आज एक कार्यक्रम आयोजना गरी उनीहरुलाई सम्मान गरेको हो ।

बेलायतबाट विश्व कीर्तिमान राख्न नेपाल आएका २५ सदस्यिय टोली मुस्ताङको ५ हजार १९ मिटरमाथिको हिमाली भेकमा पुगेको थियो । उक्त टोलीले विश्वको सबैभन्दा उच्च स्थानमा हक्कि खेलेर कीर्तिमान कायम गरेको हो ।

सुरुवाती चरणमा सचिवालयलाई पनि थाहा नभएको तर नेपाल हक्कि संघलाई खेल पश्चात जानकारी आएको हक्कि संघका उपाध्यक्ष मनिष झाले बताए । यो सुरुवातले नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सहयोग पुग्ने भ्रमण वर्ष २०२० का संयोजक सुरज बैद्यले बताए । त्यस्तै नेपालमा उच्च क्षेत्रहरु प्रशस्त भएको र त्यस्ता क्षेत्रहरुमा खेलिने खेलहरुको सम्भावना धेरै भएकोले वेलायती खेलाडीको कीर्तिमानीले थप प्रचार भई अन्य देशका खेल प्रेमि पर्यटकहरुलाई आकर्षित गर्ने विश्वास बैद्यले व्यक्त गरे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x