Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मेरिएट होटलमा राजस्थानी भोजन मेवार र मारवार फुड फेस्टिभल आयोजना सुरु, २८ जुलाईसम्म चल्ने

मेरिएट होटलमा राजस्थानी भोजन मेवार र मारवार फुड फेस्टिभल आयोजना सुरु, २८ जुलाईसम्म चल्ने

काठमाडौं, ६ साउन । नक्सालमा रहेको काठमाडौं मेरिएट होटलले राज परिवारहरुका लागि बनाइने प्राचीन किचनको स्वादिष्ट राजस्थानी भोजनको फुड फेस्टिभल आयोजना गरेको छ । उक्त फुड फेस्टिभल आजबाट २८ जुलाईसम्म सञ्चालन हुने होटेलले जनाएको छ ।

फुड फेस्टिभलमा मेवार र मारवारको दाल बाटी, लाल मास, गट्टा करी, मिठाइमा गिवार तथा लाइभ हट सिज्लिङ कवावको प्रचुर बफेको मज्जा लिन पाईने होटेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । मेवार र मारवार व्यञ्जनबाट पे्ररित भएर राजस्थानको क्वीलिनेरि उस्तादले भोजनको बनाएका हुन् ।

होटेलका अनुसार बफे साझँ ६ः३० बजेदेखि बेलुका १०ः३० बजेसम्म खुल्ला रहने छ । यसको मुल्य नेपाली २ हजार ४ सय रुपैयाँ रहेको छ भने ३ हजार रुपैयाँ तिरेर अनलिमिटेड काल्सबर्गको आनन्द लिन सकिने होटेलले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x