Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

एभरेष्ट बैंकद्वारा सिरहाका बाढी पीडितलाई राहत वितरण

एभरेष्ट बैंकद्वारा सिरहाका बाढी पीडितलाई राहत वितरण

काठमाडौं, ६ साउन । एभरेष्ट बैंक लिमिटेडले सिरहाका बाढी प्रभावितलाई सहयोग उपलब्ध गराएको छ । सिरहा पटेर्वाका बाढी पीडितलाई चामल, सोयाबिन, चना, नुन, भाँडा, सेनिटरी प्याड, दन्त मन्जन, ब्रस, स्कुल व्याग, बालबालिकाका लागि कपडालगायतका विभिन्न राहत सामग्री बितरण गरिएको बैंकले जनाएको छ ।

त्यस्तै बैंकका तर्फबाट राहतका लागि ओमेन फ्रेण्ड्ली ग्रुपअन्तर्गत मिडिया एड्भोकेसी ग्रुपलाई गत शुक्रबार ३ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रहरी उपरिक्षक उमाप्रसाद चतुर्वेदी, सशस्त्र प्रहरी उपरिक्षक सोम गुरुङलगायतको उपस्थितिमा चेक हस्तान्तरण गरिएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

हाल बैंकले ९४ वटा शाखा कार्यालयहरु, २८ वटा राजस्व संकलन काउन्टर र १ सय २० एटीएममार्फत् सेवा दिँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x