सिंहदरबार भित्र राष्ट्रिय वाणिज्य बैंकको एटीएम र एक्सटेन्सन काउन्टर सञ्चालनमा

काठमाडौं, ६ साउन । सिंहदरबार परिसरमा रहेको संघीय संसद सचिवालयमा राष्ट्रिय वाणिज्य बैंकले एक्सटेन्सन काउन्टर र एटीएम सेवाको संचालनमा ल्याएको छ । बैंकले सञ्चालनमा ल्याएको उक्त काउन्टर र एटीएमको उद्घाटन प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महराले गरे ।

हाल बैंकले २ सय २२ वटा शाखा कार्यालय, १ सय ७५ वटा एटीएम र ९३ वटा शाखा रहित बैंकिङ्ग सेवा दिँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *