Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

पुँजीगत लाभकर गणनाको दुविधाले सेयर कारोबारमा सुस्तता

पुँजीगत लाभकर गणनाको दुविधाले सेयर कारोबारमा सुस्तता

काठमाडौं, ६ साउन । पछिल्लो केही दिन सेयर कारोबारमा सुस्तता आएको छ । हिजो सेयर बजारमा गिरावट आएको दिन २९ करोड ८१ लाख रुपैयाँको मात्र सेयर कारोबार भएको थियो । साताको दोस्रो कारोबार दिन सोमबार (आज) पनि सेयर कारोबारमा उत्साह छाउन सकेन । बजार २.४८ अंकले बढ्दा १ सय ६६ कम्पनीको १० लाख ८४ हजार ५ सय ५३ कित्ता सेयर ३१ करोड ६६ लाख रुपैयाँमा खरिद–बिक्री भएको छ।

सबैभन्दा बढी सेयर कारोबार नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २ करोड ३६ लाख रुपैयाँभन्दा बढीको भएको छ । नेप्सेमा सूचिकृत ११ समूहमध्ये ३ समूहको उपसूचकमा गिरावट आएको छ भने अन्य समूहको उपसूचकमा सुधार देखिएको छ । उपसूचक गिरावट आउनेमा निर्जीवन बिमा, जीवन बिमा र म्युचियल फण्ड रहेका छन् ।

पुँजीगत लाभकर गणना विधिकाबारे केही दुविधा रहेपनि बजारमा सुस्तता आउनुमा कुनै कारण नभएको जानकारहरु बताउछन् । साउन लागेसँगै वित्तीय प्रणालीमा तरलता पनि सहज रहेको छ । त्यसकारण पुँजीगत लाभकर गणना विधिबारे दुविधा हटेपछि बजार र कारोबार रकम दुबै सकारात्मक बाटोमा लाग्ने विश्लेषण गरिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x