Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

मुक्तिनाथ विकास बैंक र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच सहकार्य

काठमाडौं, ६ साउन । मुक्तिनाथ विकास बैंक लिमिटेड र ग्राण्डी इन्टरनेशनल अस्पतालबीच सहकार्य भएको छ । काठमाडौंको टोखामा रहेको उक्त अस्पतालमा बैंकका ग्राहकहरुले उपचार गराउँदा विशेष छुट हुने सम्बन्धी सम्झौता भएको हो ।

सम्झौता पत्रमा अस्पतालका बजारीकरण तथा व्यवसाय विकास विभाग प्रमुख दिनेश पौड्याल र बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका हुन् । बैंकका भिषा डेबिट कार्ड वाहक ग्राहकहरूले ग्राण्डी अस्पतालमा उपचार गराउँदा तोकिएका विभिन्न सेवाहरुमा आकर्षक छुट पाउने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

हाल बैंकले १ सय १९ वटा शाखा कार्यालय र २५ वटा एटीएममार्फत् बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x