Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बैंकिङ कसूर तथा ठगीमा डेजाभूका पूर्वअध्यक्ष मनोज श्रेष्ठ पक्राउ

बैंकिङ कसूर तथा ठगीमा डेजाभूका पूर्वअध्यक्ष मनोज श्रेष्ठ पक्राउ

काठमाडाैं,१४ साउन । इन्टरपोलले डिफ्युजन नोटिसमा परेका डेजाभूका पूर्वअध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन्। श्रेष्ठ हङकङबाट नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको काठमाडौं प्रहरी प्रमुख उत्तम राज सुवेदीले जानकारी दिए ।

श्रेष्ठविरुद्ध दुई करोडको खालि चेक दिएको जाहेरी प्रहरीमा दर्ता छ। दरबारमार्गस्थित डेजाभू मर्मत गर्न भन्दै विश्वराम श्रेष्ठबाट दुई करोड रुपैयाँ लगेका मनोज पछि खालि चेक दिएर फरार भएका थिए। खातामा पैसा नभएको चेक दिएर फरार भएपछि चेक बाउन्स गरी २०७५ पुस १३ गते विश्वरामले उनिविरुद्ध जाहेरी दर्ता गरेका थिए। उनि विरूद्व माघ १५ गते डिफ्युजन जारी भएको थियो।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x