समय तालिका बनाएर काम गर्न मन्त्रीहरुलाई प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले समय तालिका बनाएर काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् । आर्थिक वर्ष २०७६–७७ को वार्षिक कार्ययोजना प्रस्तुतीकरण तथा कार्य सम्पादन सम्झौता कार्यक्रममा उनले यस्तो निर्देशन दिएका हुन् ।
मुलुकमा राजनीतिक स्थिरता रहेको भन्दै उनले वार्षिक , मासिक कार्ययोजना बनाएर समय तालिका निर्धारण गरि काम गर्न निर्देशन दिए । देशमा सम्भावना भएर पनि विकासमा पछाडि परेको उनले बताए । जनताले विकासका लागि बहुमत दिएका प्रधानमन्त्री ओलीको भनाई थियो ।
सो अवसरमा सचिवहरुले पनि मन्त्रीहरुसँग कार्य सम्पादन सम्झौता गरेका थिए ।