खिर खाने दिन आज बजारमा दुधको अभाव
काठमाडौं, १५ साउन । आज साउन १५ गते । नेपाली परम्परा अनुसार आज खिर खाने चलन छ । कृषिप्रधान देश नेपालमा कृषकले धान रोपेर सकेपछि खुसियाली स्वरुप खिर खाने चलन चलेको विश्वास रही आएको छ। यो चलन कहिले देखि चलेको हो भन्नेबारे भने प्रष्ट छैन ।
आज खिर खाने दिन भएकाले बजारमा दुधको माग अत्याधिक बढेको छ। अघिल्ला दिनहरुको तुलनामा आज दोब्बर दुध बिक्री भएको व्यवसायीहरु बताउछन् । नेपाल डेरी एसोसिएशनका अनुसार सरकारले विदेशी धुलो दुधलाई प्रतिवन्ध लगाएपछि आज माग अनुरुपको दुध बजारमा पु¥याउन सकिएको छैन । आज करिव १५ लाख लिटर दुध विक्री भएको छ । गत वर्षको साउन १५ मा करिव १८ लाख लिटरसम्म बिक्री हुने गरेकोमा यो वर्ष दुध उत्पादनमा भएको कमिले माग पुरा गर्न नसकिएको डेरी एसोसिएशनका अध्यक्ष राधाकृष्ण सापकोटाले जानकारी दिए । अहिले दैनिक ७ लाख लिटरभन्दा बढी दुध खपत हुने गरेको छ ।
बजारमा जाने दुधमध्ये ३५ प्रतिशत दुग्ध विकास संस्थान (डिडिसी) र ६५ नीजि डेरि व्यवसायीहरुको हिस्सा रहेको छ। आज डिडिसीले मात्र करिव १ सय ७० लिटर दुध बजारमा आपुर्ति हुने अनुमान गरेको छ। गत वर्षको साउन १५ मा २ लाख २० लिटरभन्दा दुध खपत हुने गरेको डिडिसी बजार व्यवस्थापन शाखाका प्रमुख सन्जिव झाले जानकारी दिए ।