Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

पर्यटन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईलाई

पर्यटन मन्त्रालयको जिम्मेवारी योगेश भट्टराईलाई

काठमाडौं, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्रीमा योगेश भट्टराईलाई नियुक्त गरेका छन् । उनले आज मन्त्रिपरिषद् विस्तार गर्दै भट्टराईलाई पर्यटन मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।

उनलाई प्रधानमन्त्रीको उपस्थितिमा राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ गराएकी हुन ।

पहिलोपटक मन्त्री बनेका भट्टराई ताप्लेजुङबाट निर्वाचित सांसद हुन । गत फागुन १५ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परि निधन भएपछि उक्त मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री स्वयंले सम्हाल्दै आएका थिए।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x